Friday, December 31, 2010

Raman in Concert _Jhalakman Ko Jhalak @ Patan Musuem


Raman performing on stage at Patan Musuem for the fund raising to conduct a team building training to the deaf youths on Jan 4th.

काठमाडौ, पुस १५ -
कला र शैली»
झलकमानको सम्झनामा

कान्तिपुर संवाददाता

'म चाँडै मर्दै छु,' बित्नुभन्दा केही दिनअघि सिकिस्त झलकमान गन्धर्वले भनेको सम्झँदै रमण भट्टराईले पाटन संग्रहालयमा उपस्थितहरूमाझ लोकगायकको अन्तिम याद साटे । सात वर्षअघि झलकमानले 'हाम्रो देशमा मानिससँगै संगीत मर्ने गर्छ, म मरे पनि मेरा गीत-संगीत हेरिदिनू, आउने पिँढीले नबिर्सून्' भनेको स्मरण गर्दै बुधबार साँझ 'झलकमानको झलक' एकल सांगीतिक साँझमा रमणले लोकगायकका ११ गीत गाए ।



रमणले झलकमानको सबैभन्दा चर्चित गीत 'आमाले सोध्लिन्...' बाट प्रस्तुति थालेका थिए । सामाजिकदेखि मायाप्रेम, मिलन बिछोड र भजन गाएका झलकमानका गीतहरू गाउँदा उनले गायकसँग बिताएका दुई वर्षबारे पनि बोल्न भ्याए । 'धरधरी बग्ने आँसुको धारा...', 'खाम् तो भने सुन्तला पानी...', 'राधा पियारीको...', 'रामराम राम गए वनैमा...', 'तानसेङ घमाइलो...', 'गोरखा गोरखनाथ...', 'तिम्रो नै माया...', 'आऊ बसौं थकाइ मारौं...' जस्ता जीवन्त गीतबाट उनले लोकगायकको सामाजिक, धार्मिक तथा सांस्कृतिक ज्ञानका साथै रसिलो मनको भान फेरि दिलाए । बैंसको बेला झलकमानलाई फुरेका गीतहरूले दर्शकको मनलाई चञ्चल बनाइदिए । तर, 'मरणोपरान्त दिइने पुरस्कार पहिले दिए कमसेकम खान त पाइन्थ्यो,' एक दिन कुरैकुरामा गायकले भनेको रमणले सुनाए ।

अपांग युवाहरूको क्षमता अभिवृद्धि गर्न दिइने विभिन्न प्रशिक्षणका लागि सहयोग जुटाउन नोदन क्लबद्वारा आयोजित कार्यक्रममा रमणलाई कुटुम्ब ब्यान्डले साथ दिएको थियो । झलकले संकलन गरेका अढाई सयजति गीतमध्ये दुई सयजति गाएको तर ११ वटा मात्र रेकर्ड भएकाले खोज्नुपर्ने रमणले आग्रह पनि गरे । १९९२ वैशाख १२ गते पोखरामा जन्मेका झलकको मृत्यु २०६० मंसिरमा भएको थियो । समारोहमा कुटुम्बले झलकको 'अल्लारे नानी...' का साथै आफ्नै 'सोल्टिनी' धुन बजाएर थप मनोरञ्जन दिएको थियो ।


प्रकाशित मिति: २०६७ पुस २२ ०८:४७

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।