Friday, December 31, 2010

Raman in Concert _Jhalakman Ko Jhalak @ Patan Musuem


Raman performing on stage at Patan Musuem for the fund raising to conduct a team building training to the deaf youths on Jan 4th.

काठमाडौ, पुस १५ -
कला र शैली»
झलकमानको सम्झनामा

कान्तिपुर संवाददाता

'म चाँडै मर्दै छु,' बित्नुभन्दा केही दिनअघि सिकिस्त झलकमान गन्धर्वले भनेको सम्झँदै रमण भट्टराईले पाटन संग्रहालयमा उपस्थितहरूमाझ लोकगायकको अन्तिम याद साटे । सात वर्षअघि झलकमानले 'हाम्रो देशमा मानिससँगै संगीत मर्ने गर्छ, म मरे पनि मेरा गीत-संगीत हेरिदिनू, आउने पिँढीले नबिर्सून्' भनेको स्मरण गर्दै बुधबार साँझ 'झलकमानको झलक' एकल सांगीतिक साँझमा रमणले लोकगायकका ११ गीत गाए ।